Nirvik Khabar

भरतपुरमा मत गणना स्थललाई सुरक्षित बनाउन तारबार र सीसीटीभी जडान

काठमाडौं –  अघिल्लो चुनावमा मतपत्र चपाएका कारण पुनः दोहोर्याएर मतदान गराउनु परेको भरतपुर महानगरपालिकामा यस पटक मतगणना स्थललाई सुरक्षित बनाउने प्रयास गरिएको छ ।

मत गणनाका लागि तय गरिएको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रको हललाई तारबार गर्ने र सीसीटीभी लडान गर्ने काम सम्पन्न गरिएको छ । केन्द्रको सी ब्लकमा मत गणना गर्ने तय भएकाले उक्त हलको वरपर फलामे डण्डीको बार लगाइएको छ भने जालीको बार हालिएको छ ।

हलमा सबैतिर सीसीटीभी पनि जडान गरिसकिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । भरतपुर महानगरपालिकाको मत गणना ७ समूहमा गरिने भएको छ । मत गणना स्थलमा तीन तहमा सुरक्षाकर्मी परिचालन पनि गरिने भएको छ ।भरतपुरमा १ लाख ८५ हजार ७ सय ५२ मतदाता रहेका छन् ।मतदानका लागि २ सय २ मतदान केन्द्र तोकिएको छ ।

WhatsApp Image 2024-08-18 at 12.54.20 PM
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस