Nirvik Khabar

विद्यार्थी बोकेर कन्याम हिँडेको बस भीरबाट खस्दा ३६ जना घाइते

विराटनगर । विद्यार्थी बोकेर धनुषाबाट इलामको कन्याम आएको गाडी पल्टिएको छ । मेची राजमार्गमा पर्ने लसुनेमा भीरबाट बस तल खसी दुर्घटना हुँदा ३६ यात्रु घाइते भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

धनुषाको धनुषाधाम नगरपालिकाबाट विद्यार्थी बोकेर आएको ना ६ ख ८४२४ नम्बरको बस फर्किएर घर जाँदै गर्दा लसुनेमा राजमार्गबाट खसेर दुर्घटना भएको हो । बसमा सवार ३७ मध्ये ३६ जना घाइते भएका हुन्। घटनास्थलमा उद्धार कार्य जारी छ ।घाइतेहरूको अवस्था अहिले नै भन्न सक्ने अवस्था नरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस