Nirvik Khabar

संविधानमा भएको अधिकार प्रदेशलाई दिनुपर्छ : डा कोइराला

विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले संवैधानिक अधिकार प्रदेशलाई दिनुपर्ने बताएका छन् ।न्यू सृष्टि दैनिकका प्रधान सम्पादक शङ्कर खरेलद्वारा लिखित ॐ तृप्यन्ताम् लघुकथा सङ्ग्रहको आज यहाँ विचोमन गर्दै नेता कोइरालाले लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा जनताको चाहना र आवश्यकता पूरा हुनुपर्ने बताए ।

उनले सुशासन कायम गर्नेतर्फ सरकारको ध्यान हुनुपर्नेमा जोड दिए ।नेता कोइरालाले सीप र दक्षताको उच्चतम उपयोग गरी उत्पादन र उत्पादकत्व बढाउनुपर्ने धारणा व्यक्त गर्दै सरकारले शिक्षा र स्वास्थ्य जस्ता विषयमा संवेदनशील भएर काम गर्नुपर्ने बताए । सो अवसरमा पुस्तक लेखक खरेल र न्यू सृष्टि दैनिकका सम्पादक निर्मला ढुङ्गाना, मेरी ल्याण्ड कलेजका प्रमुख लक्ष्मण खनालले धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस