Nirvik Khabar

रास्वपाले आजदेखि घरदैलो कार्यक्रम गर्ने

निर्भीक खबर
निर्भीक खबर

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि घरदैलो कार्यक्रम गर्ने भएको छ ।गत वर्षको आम चुनावमा मत दिएर विजयी बनाएको एक वर्ष हुँदै गर्दा सांसदहरू आजदेखि आआफ्नो निर्वाचन क्षेत्रमा घरदैलो कार्यक्रममा जान लागेका हुन् । अघिल्लो वर्ष मतदान भएको सोमबार एक वर्ष पूरा हुँदैछ ।

मतदातालाई धन्यवाद दिँदै सुझाव सङ्कलनका लागि आजदेखि सोमबारसम्म जनताको घरदैलो जाने कार्यक्रम रहेको रास्वपाका महामन्त्री एवं प्रवक्ता डा. मुकुल ढकालले जानकारी दिए । उनका अनुसार सबै सांसद, उम्मेदवार र केन्द्रीय सदस्यलगायत कार्यक्रममा सहभागी हुनेछन् ।

घरदैलो कार्यक्रममा एक वर्षमा भए गरेका कामहरूको जानकारी मतदातालाई दिने तथा सुझाव सङ्कलनको काम पनि हुने उनको भनाइ छ ।

Share on facebook
Share on twitter
Share on linkedin
प्रतिक्रिया दिनुहोस :

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस
No Content Available