Nirvik Khabar

राप्ती नदीको पटिहानीदेखि गोलाघाटसम्म सरसफाइ

भरतपुर- चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने राप्ती नदी किनारमा प्लाष्टिकजन्य फोहर बढेपछि सरसफाइ गरिएको छ । राप्ती नदी सरसफाइ अभियानले भरतपुर महानगरपालिका–२२ स्थित पटिहानीबाट गोलाघाटसम्मको नदी किनार क्षेत्रमा सरसफाइ गरेको हो । सरसफाइको क्रममा एक सय १२ बोरा फोहर सङ्कलन गरिएको राप्ती नदी सरसफाइ अभियानका संयोजक अपिल घिमिरेले जानकारी दिनुभयो ।

उहाँका अनुसार नदी किनारमा बढी मात्रामा पेय पदार्थका बोतल, सिसा र प्लाष्टिकजन्य वस्तु बढी भेटिएको छ । उहाँले भन्नुभयो “दुलर्भ वन्यजन्तुको वासस्थान क्षेत्रमा जथाभावी फोहर फाल्दा उनीहरुलाई धेरै असर हुने हुँदा सरसफाइमा ध्यान दिनुपर्छ ।”

राप्ती नदीको माथिल्लो क्षेत्रमा बस्ने मानिसले जथाभावी फोहर गर्दा जङ्गली जनावरलाई असर गरेको उहाँको भनाइ छ । उहाँले पवित्र राप्ती नदीको सभ्यता जोगाइ राख्न विभिन्न सङ्घ संस्थाका सहयोगमा सरसफाइ अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो । पछिल्लो समय राप्ती नदीमा मानवीय क्रियाकलापको चाप बढ्दै जाँदा दूषित भइरहेको छ । “यसलाई जोगाउन हामीले चार वर्षदेखि सरसफाइ अभियान जारी राखेका छौँ”, उहाँले भन्नुभयो, “यसलाई थप विस्तार गर्न शनिबार सबैभन्दा लामो दूरीमा पटिहानीदेखि गोलाघाटसम्म सरसफाइ गरेका हौँ ।”

राप्ती नदी भरतपुर महानगरपालिकाको–२८ नम्बरस्थित गोलाघाट पुगेपछि नारायणीमा मिसिन्छ । सो कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्ज, जनप्रतिनिधि, नेपाली सेना, मध्यवर्ती सामुदायिक वन उपभोक्ता समिति र संरक्षणकर्मीको सहभागिता रहेको थियो ।

Popup Ad
Advertisements
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस