Nirvik Khabar

कतार विश्वकपको उपाधि छिनोफानो हुँदै, अर्जेन्टिनाले जित्ने सम्भावना बलियो

Advertisements
Single Page Long - 2

काठमाडौं । कतार विश्वकप २०२२ को आज फाइनल हो । आज उपाधिका लागि डिफेन्डिङ च्याम्पियन फ्रान्स र लियोनल मेस्सीको टोली अर्जेन्टिनाबीच अन्तिम खेल हुँदै छ । खेल नेपाली समय अनुसार बेलुका ८.४५ बजेबाट सुरु हुनेछ ।

यस पटकको विश्वकप अझ रोचक छ । अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेस्सीको यो अन्तिम विश्वकप हो । ३५ वर्षीय मेस्सीले संन्यासको घोषणा गरिसकेका छन् । यस्तो अवस्थामा दिग्गज फुटबलर मेस्सीले आफ्नो अन्तिम खेलमा उपाधि जितेर देशवासी र फ्यानलाई उपहार दिन चाहन्छन् ।

विश्वकप इतिहासमा अहिलेसम्म फ्रान्स र अर्जेन्टिनाले २-२ पटक उपाधि जितेका छन् । फ्रान्सेली टोली सन् १९९८ र २०१८ मा च्याम्पियन बनेको थियो । जबकि अर्जेन्टिनाले १९७८ र १९८६ को उपाधि जितेको थियो । यसबाहेक अर्जेन्टिना तीन पटक १९३०, १९९०, २०१४ उपविजेता बनेको छ । फ्रान्स सन् २००६ मा उपविजेता बनेको थियो । यो अर्जेन्टिनाको लागि छैटौं र फ्रान्सको चौथो फाइनल हुनेछ। दुई मध्ये एक टोलीले जिते पनि यो उनीहरूको तेस्रो विश्वकप उपाधि हुनेछ ।

अर्जेन्टिना र फ्रान्सबीचको खेललाई हेर्दा यसमा मेस्सीको टोली माथि रहेको देखिन्छ । दुवै टोली फ्रान्स र अर्जेन्टिना अहिलेसम्म १२ खेलमा आमनेसामने भएका छन् । जसमा मेस्सीको टोली अर्जेन्टिनाले ६ पटक जितेको छ भने फ्रान्सले मात्र ३ खेल जितेको छ । बाँकी तीन खेल बराबरीमा सकिएको छ ।

अर्जेन्टिनाको टोलीमा गोलकिपर इमिलियानो मार्टिनेज, जेरोनिमो रोल्ली, फ्रान्को अरमानी रहेका छन्। डिफेन्डर नाहुएल मोलिना, गोन्जालो मोन्टिएल, क्रिस्टियन रोमेरो, जर्मन पेजेला, निकोलस ओटामेन्डी, लिसान्ड्रो मार्टिनेज, मार्कोस अकुना, निकोलस टाग्लियाफिको, जुआन फोयथ छन्। मिडफिल्डरमा रोड्रिगो डे पाउल, लिआन्ड्रो पारेडिस, एलेक्सिस म्याकअलिस्टर, गुइडो रोड्रिग्वेज, एलेजान्ड्रो गोमेज, एन्जो फर्नान्डेज, एक्क्विएल पलासिओ छन्। फरवार्डमा कप्तान लियोनेल मेस्सी, एन्जल डि मारिया, लाउटारो मार्टिनेज, जुलियन अल्भारेज, निकोलस गोन्जालेज, जोकिन कोरिया, पाउलो डिबाला रहेका छन्।

फ्रान्सको टोलीमा गोलकिपर अल्फोन्सो एरिलो, ह्युगो लोरिस, स्टिभ मन्डाडा छन् । डिफेन्डरमा लुकास हर्नान्डेज, थिओ हर्नान्डेज, इब्राहिम कोनाटे, जुल्स कोन्डे, बेन्जामिन पाभार्ड, विलियम सलिबा, डेयोट उपमेकानो, राफेल वाराने रहेका छन् । मिडफिल्डरमा एडुआर्डो कामाभिङ्गा, युसेफ फोफाना, माटेओ गुन्डौजी, एड्रियन राबियोट, ओरेलियन चौमेनी, जोर्डन भेरेटोट छन् त्यस्तै फरवार्डमा करिम बेन्जैमा, किंग्सले कोमान, ओस्मान डेम्बेले, ओलिभियर गिराउड, एन्टोइन ग्रिजम्यान, केलियन एमबाप्पे, मार्कस थुराम, रान्डल कोलो मुआनी रहेका छन् ।

यस विश्वकपमा अहिलेसम्म लियोनल मेस्सी गोल्डेन बुटको दौडमा सबैभन्दा अगाडि मानिन्छन् । यद्यपि मेस्सी र फ्रान्सका किलियन एम्बाप्पेले सर्वाधिक ५-५ गोल गरेका छन् । तर असिस्टको मामिलामा मेस्सी अगाडि छन् । यदि फाइनल पछि गोल बराबर भएमा असिस्टका आधारमा उपाधि दिइनेछ । हालसम्म मेस्सीले तीन गोलमा असिस्ट गरेका छन् भने एम्बाप्पेले दुई गोलमा असिस्ट गरेका छन् । यस्तो अवस्थामा मेस्सीको पल्ला भारी छ ।

एमबाप्पे र मेस्सीपछि अर्जेन्टिना र फ्रान्सका एक-एक खेलाडी दोस्रो स्थानमा छन् । यी खेलाडीहरू फ्रान्सका गिरोड र अर्जेन्टिनाका जुलियन अल्भारेज हुन् । दुवैले समान ४-४ गोल गरेका छन् । गोल्डेन बुट कसले लग्छ हेर्न बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस