Nirvik Khabar

देशभर बिहानैदेखि वर्षा, १४ नदीमा बज्यो खतराको घण्टी

Advertisements
Single Page Long - 2

काठमाडौं । आज देशभर बिहानैदेखि वर्षा भइरहेको छ । बाढी पूर्वानुमान महाशाखाको तथ्याङ्क अनुसार बुधवार बिहान १४ नदीले खतराको घण्टी पार गरेका छन् । नारायणी, कर्णाली, बबई, राप्ती, बागमती, कर्णाली, गण्डकी, कोशीका शाखा नदी गरि १४ नदीमा पानीको उच्च बहाव रहेको छ ।

महाशाखाले २४ घण्टाको अवधिलाई मानेर एक घण्टामा ६० मिलिमिटर, ३ घण्टामा ८० मिलिमिटर, ६ घण्टामा १०० मिलिमिटर, १२ घण्टामा १२० मिलिमिटर र २४ घण्टामा १४० मिलिमिटर वर्षा भएमा खतराको सङ्केत दिने गरेको छ ।वर्षाको कारणले विभिन्न क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन सबैमा महाशाखाको अनुरोध छ ।

साथै मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, मधेस, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा भारी वर्षा र थोरै स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ ।

सुदूरपश्चिमका थोरै स्थानमा भारी वर्षा र कर्णालीका एक-दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । राति देशका धेरै स्थानमा वर्षाको सम्भावना रहेको छ ।बिहीबार प्रदेश १, बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका एक-दुई स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ। शुक्रवार देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस