Nirvik Khabar

५० लाख फिरौती माग्ने शान्तराज पक्राउ

Advertisements
Single Page Long - 2

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले ठगी मुद्दामा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाजुरा बडीमालिका नगरपालिका वडा नं. ७ का २७ वर्षीय शान्तराज तिमिल्सेना रहेका छन् ।

लुकीछिपी भिडियो बनाएर धम्क्याउँदै फिरौती माग गरेको भन्ने जाहेरीका आधारमा तिमिल्सेनालाई पक्राउ गरिएको कास्की प्रहरीका निमित्त प्रवक्ता ज्ञानबहादुर खड्काले जानकारी दिए ।

प्रहरीका अनुसार उनले पोखराका एक व्यक्तिसंग ५० लाख रुपैयाँ माग गरेकोमा तीन लाख रुपैयाँ लिएर पनि पटकपटक धम्की दिएका थिए ।जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले जिल्ला प्रहरी कार्यालय कैलालीको समन्वयमा उनलाई पक्राउ गरिएको बताइन्छ ।

उनलाई कास्की जिल्ला अदालतबाट अपराधिक विश्वासघात (एक्सटर्सन) सम्बन्धी कशुरमा सात दिन म्याद थप गरि अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीेले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस