हिजो बढेको सुनको भाउ आज पनि बढेको छ। तर, चाँदीको मूल्य भने घटेको छ।सुनको भाउ आज तोलामा ४ सय रुपैयाँ बढेर २ लाख ८५ हजार २ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सोमबार र मंगलबार चार हजार घटेको सुनको भाउ हिजो पनि बढेको थियो। बुधबार तोलामा ८ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको २ लाख ८४ हजार ८ सय पुगेको थियो। यसअघि मंगलबार सुनको भाउ तोलामा १ हजार २ सय र सोमबार २ हजार ८ सय घटेको थियो।
त्यसैगरी चाँदीको भाउ भने आज तोलामा ९० रुपैयाँ घटेर ४ हजार ३ सय २५ रुपैयाँमा झरेको छ। हिजो चाँदीको भाउ ४ हजार ४ सय १५ रुपैयाँ थियो। गएको माघ १५ गते सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।
त्यसैगरि गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।गएको माघ १५ गते चाँदीको भाउ तोलाको सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो।


































Discussion about this post