Skip to main content

Nirvik Khabar

हिजो घटेको सुनचाँदीकै मूल्यमा आज थप गिरावट

Advertisements
Single Page Long - 2

हिजो घटेको सुनचाँदीकै मूल्य आज थप घटेको छ। सुनको मूल्य आज तोलामा ९ सय रुपैयाँ घटेर २ लाख ८९ हजार ४ सयमा झरेको नेपाल सुनचाँदी व्यवसायी महास.घले जनाएको छ। गएको बिहीबार र शुक्रबार दुई दिनमा १२ हजार ४ सय बढेको सुनको भाउ हिजो तोलामा ४ सय रुपैयाँ घटेर २ लाख ९० हजार ३ सयमा झरेको थियो। त्यसअघि गएको शुक्रबार सुनको भाउ तोलामा ७ हजार २ सय बढेको थियो।

त्यसैगरी चाँदीको भाउ पनि आज तोलामा २० रुपैयाँ घटेर ४ हजार ५ सय ८५ रुपैयाँमा झरेको छ। गएको माघ १५ गते  सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।

त्यसैगरि गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।माघ १५ गते चाँदीको भाउ तोलाको सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस