दुई दिनमा तोलामा ५९ सय रुपैयाँ घटेको सुनको भाउ आज थप घटेको छ। सुनको मूल्य आज तोलामा ६ सय रुपैयाँ घटेर २ लाख ७७ हजार ३ सयमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको भाउ तोलामा ४५ सय र सोमबार १४ सय रुपैयाँ घटेको थियो। गएका तीन दिनमा सुनको भाउ तोलमा ६५ सय रुपैयाँ घटिसकेको छ। हिजो सुनको भाउ तोलाको २ लाख ७७ हजार ९ सय थियो।
गएको आइतबार सुनको भाउ तोलामा ४ हजार ७ सय रुपैयाँ बढेको थियो। त्यसैगरी आज चाँदीको भाउ पनि घटेको छ। तोलामा १५ रुपैयाँ घटेर चाँदीको भाउ आज ४ हजार २ सय ७० रुपैयाँमा झरेको छ। गएको माघ १५ गते पनि सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।
त्यसैगरि गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।माघ १५ गते चाँदीको भाउ तोलाको सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो।

































Discussion about this post