Nirvik Khabar

३ दिनमा १० हजार ४ सय घटेको सुनको भाउ आज बढ्यो, चाँदी थप सस्तियो

Advertisements
Single Page Long - 2

गएका तीन दिनमा १० हजार ४ सय रुपैयाँ घटेको सुनको भाउ आज बढेको छ। सुनको भाउ आज तोलामा ८ सय रुपैयाँ बढेर २ लाख ७९ हजार १ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बिहीबार तोलामा ५ हजार २ सय घटेर सुनको भाउ २ लाख ७८ हजार ३ सयमा झरेको थियो। चाँदीको भाउ भने आज पनि घटेको छ।

तोलामा ५५ रुपैयाँ घटेर चाँदीको भाउ आज ४ हजार १८० रुपैयाँमा झरेको छ। हिजो तोलामा २५० रुपैयाँ घटेर चाँदीको भाउ ४ हजार २ सय ३५ रुपैयाँ कायम भएको थियो। गएको माघ १५ गते पनि सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।

त्यसैगरि गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।माघ १५ गते चाँदीको भाउ तोलाको सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस