Nirvik Khabar

हिजो घटेको सुनचाँदीकै मूल्यमा आज थप गिरावट

Advertisements
Single Page Long - 2

हिजो घटेको सुनचाँदीकै भाउ आज पनि घटेको छ। सुनको भाउ आज तोलामा १ सय रुपैयाँ घटेर २ लाख ९७ हजार २ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो तोलामा १२ सय रुपैयाँ घटेर सुनको भाउ तोलाको २ लाख ९७ हजार ३ सय कायम भएको थियो।

यसअघिका ३ दिनमा ६५ सय बढेको सुनको भाउ हिजो र आज घटेको हो। त्यसैगरी आज चाँदीको भाउ पनि घटेको छ। चाँदीको भाउ आज तोलामा ३५ रुपैयाँ घटेर ४ हजार ९४५ रुपैयाँ कायम भएको छ।गएको माघ १५ गते पनि सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।

त्यसैगरि गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।माघ १५ गते चाँदीको भाउ तोलाको सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस