जेष्ठ २६, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी को बागमती प्रदेश समितिको उप-सभापति पदमा चितवनकी राधिका तिमिल्सिना (रश्मी) ले उम्मेदवारी दिने भएकी छन् । लामो समयदेखि सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रिय तिमिल्सिनाले पार्टीको संगठन सुदृढीकरण, सुशासन, पारदर्शिता र युवाको सहभागितालाई प्राथमिकतामा राख्दै आफ्नो उम्मेदवारी प्रस्तुत गरेकी हुन्।
उम्मेदवारी घोषणा अगाडि तिमिल्सिनाले बागमती प्रदेशभर पार्टीलाई अझ बलियो र जनमुखी बनाउने प्रतिबद्धता व्यक्त गरेकी छन्। उनले महिला, युवा तथा व्यवसायिक क्षेत्रका व्यक्तिहरूलाई राजनीतिमा सक्रिय सहभागिताका लागि प्रेरित गर्दै आएको बताएकी छन्।
उम्मेदवारी घोषणा गर्दै उनले पार्टीका सदस्य तथा प्रतिनिधिहरूसँग आफूलाई अत्यधिक मत दिएर विजयी गराउन आग्रह गरेकी छन्। उनले आफ्नो नेतृत्वमा प्रदेश संगठनलाई थप प्रभावकारी, उत्तरदायी र जनताको अपेक्षाअनुसार अघि बढाउने प्रतिबद्धता जनाएकी छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीको बागमती प्रदेश अधिवेशन नजिकिँदै गर्दा उप-सभापति पदका लागि राधिका तिमिल्सिनाको उम्मेदवारीलाई चितवनसहित बागमती प्रदेशका विभिन्न जिल्लामा चासोका साथ हेरिएको छ।
रास्वपा बागमती प्रदेशको अधिवेशन भोलि जेठ २६ जेठ गते मंगलबार हेटौंडामा हुनेछ । जसको उद्घाटन पार्टी सभापति रवि लामिछानेले गर्ने कार्यक्रम रहेको छ ।


































Discussion about this post