गएको आइतबार तोलामा २० हजार ५ सय रुपैयाँ बढेको सुनको भाउ आज स्थिर छ। चाँदीको मूल्य भने आज घटेको छ।सुनको भाउ आज तोलाको ३ लाख ११ हजार ३ सय रुपैयाँमै स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।मंगलबार तोलामा चारसय रुपैयाँ बढेर सुनको भाउ तोलाको ३ लाख ११ हजार ३ सय पुगेको थियो। सोमबार सुनको भाउ तोलमा २ सय रुपैयाँ घटेर ३ लाख १० हजार ९ सय रुपैयाँमा झरेको थियो।
गएको आइतबार भने सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर ३ लाख ११ हजार १ सय रुपैयाँ पुगेको थियो। आज चाँदीको भाउ भने तोलामा ३५ रुपैयाँ घटेर ५ हजार ३७० रुपैयाँमा झरेको छ। हिजो चाँदीको भाउ तोलाको ५ हजार ४०५ रुपैयाँ थियो। गएको माघ १५ गते पनि सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।
त्यसैगरि गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।माघ १५ गते भने चाँदीको भाउ सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो।


































Discussion about this post