Nirvik Khabar

प्रधानमन्त्री शाहले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्ने

Advertisements
Single Page Long - 2

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सबै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्ने भएका छन्। बिहीबार दिउँसो २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा सातै प्रदेशका मुख्यमन्त्रीलाई बोलाइएको छ। मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले छलफलको एजेण्डा थाहा नभएको बताए

उनले भने, ‘प्रधानमन्त्रीज्यूले आज २ बजे बोलाउनु भएको छ। भरखरै म काठमाडौँ आइपुगेको छ। भेटघाट होला। छलफलको एजेण्डा त्यस्तो केही थाहा छैन।’प्रधानमन्त्री शाहले यसअघि प्रदेशगत रूपमा सातै प्रदेशबाट निर्वाचित सांसदसँग छलफल गरेका थिए।

बुधबार समानुपातिक सांसदसँग छलफल गरेका प्रधानमन्त्री शाहले आज मुख्यमन्त्रीहरूसँग छलफल गरी प्रदेशका समस्या र तत्काल गर्नुपर्ने कामको प्राथमिकताका बारेमा जानकारी लिने उनको सचिवालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस