Nirvik Khabar

गायिका आशा भोसलेको राजकीय सम्मानका साथ आज अन्त्येष्टि गरिँदै

Advertisements
Single Page Long - 2

प्रख्यात भारतीय गायिका आशा भोसलेको अन्त्येष्टि आज (सोमबार) गरिने भएको छ।भारतीय सञ्चारमाध्यमका अनुसार उनको अन्त्येष्टि मुम्बईको शिवाजी पार्कमा पूर्ण राजकीय सम्मानका साथ गरिनेछ।

आशा भोसलेका छोरा आनन्द भोसलेले भनेका छन्, ‘मेरी आमा (आशा भोसले) लाई आज बिहान १०:३० बजेदेखि दिउँसो २ बजेसम्म कासा ग्रान्डे भवनमा अन्तिम श्रद्धाञ्जली दिन सकिनेछ।’

उनका अनुसार अन्त्येष्टि अपराह्न ४ बजे हुनेछ। नेपाली गीतसमेत थुप्रै गाएकी आशा भोसले ९२ वर्षको उमेरमा आइतबार बितेकी थिइन्। हृदयाघात भएपछि शनिबार साँझ उनलाई मुम्बईको ब्रिच क्यान्डी अस्पताल भर्ना गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस