Nirvik Khabar

कानुन मन्त्रालयको जिम्मेवारी सोबिता गौतमलाई दिइँदै

Advertisements
Single Page Long - 2

प्रधानमन्त्रीमा नियुक्त भइसकेका बालेन्द्र शाहले चितवन क्षेत्र नम्बर ३ बाट विजयी सोबिता गौतमलाई कानुन मन्त्रालयको जिम्मेवारी दिने भएका छन्।शुक्रबार मात्रै प्रधानमन्त्रीमा नियुक्ति भइसकेका बालेन्द्रले सोबितालाई कानुन मन्त्रालयमा लैजाने कुरा पक्का भएको उनको सचिवालयले जनाएको छ।

सुरूमा सोबितालाई प्रतिनिधि सभाको सभामुखमा लैजाने चर्चा थियो । तर सभामुखका लागि उनी परिपक्व नभएको भन्दै कानुन मन्त्रालयमा पठाउन लागिएको हो। सोबिता अधिवक्ता पनि हुन् ।सोबितालाई कानुन मन्त्रालयमा पठाएपछि सभामुखमा पार्टीका उपसभापति डोलप्रसाद अर्याल ‘डीपी’लाई पठाइने भएको छ ।

कानुन मन्त्रालय सम्हाल्ने गरी तयारी अवस्थामा रहेर आउन भनेर बालेन्द्रले सोबितालाई खबर गरिसकेको उनीनिकटले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस