Nirvik Khabar

नेकपामा ७ लाखभन्दा बढी मतको खोजी, प्रचण्डले दिए कारबाहीको चेतावनी

Advertisements
Single Page Long - 2

फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा ७ लाखभन्दा बढी मत घटेको विषयलाई लिएर नेपाली कम्युनिस्ट पार्टीभित्र चर्चा भएको छ । निर्वाचनबाट निर्णायक शक्तिको रूपमा स्थापित हुने आन्तरिक मूल्याङ्कन फेल खाएपछि नेकपाले १६५ निर्वाचन क्षेत्रको वस्तुगत रिपोर्ट पठाउन तल्ला समितिलाई निर्देशन दिएको छ ।फागुन २८ गते केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको निर्वाचन परिचालन समितिको बैठकमा नेकपाले चुनावी परिणमबारे प्रारम्भिक समीक्षा गरेको थियो ।

तीन वर्षको अवधिमा प्रत्यक्ष निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ १० सिट र समानुपातिकतर्फ ७ लाखभन्दा बढी मत घटेपछि संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ आक्रोशित भए । जिल्ला–जिल्लाबाट केन्द्रीय सदस्यहरूले समेत राष्ट्रिय स्वतन्त्र पार्टीलाई भोट हालेको रिपोर्ट आएको भन्दै प्रचण्डले उनीहरूलाई कारबाही गर्ने चेतावनी दिए ।बिहीबार केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित जनवर्गीय संगठनको भेलालाई सम्बोधन गर्दै उनले सबै निर्वाचन क्षेत्रबाट ठोस रिपोर्ट आएपछि कारबाही सुरु गर्ने चेतावनी दिए । कारबाही प्रक्रिया केन्द्रीय सदस्यबाटै सुरु हुने उनको भनाइ थियो ।

‘कसले भोट हालेनन् ? कसले घन्टीमा हाले, त्यो रिपोर्ट दिनै पर्‍यो हामीलाई । तिनलाई कारबाही गर्नैपर्छ, नत्र पार्टी बनाउन सकिँदैन । सबैभन्दा पहिला केन्द्रीय सदस्यबाट कारबाही सुरु गरिन्छ’, प्रचण्डले भनेका थिए, ‘पचास प्रतिशत घन्टीमा गएको सामान्य रिपोर्ट आएको छ । ठोस रूपमा ल्याउनोस् । तिनलाई हामीले आँखा चिम्लिएर कारबाही गर्छौं । पार्टी पुनर्गठन यहीँबाट सुरु हुने हो । नयाँ पार्टी बनाउने सुरुवात हुने हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस