Nirvik Khabar

महिना दिनसम्म पनि करोड पुग्न सकेन् ‘कुमारी’ र ‘रमिताको पिरती’ दुवैको कमाइ

Advertisements
Single Page Long - 2

एकै दिन रिलिज भएका फिल्म ‘कुमारी’ र ‘रमिताको पिरती’ को व्यापार कमजोर देखिएको छ।माघ २३ गतेबाट रिलिज भएका यी दुवै फिल्मले एक महिनामा जम्मा एक करोड पनि कमाउन सकेनन्। दुवै फिल्मको जम्मा कमाइ ९५ लाख १३ हजार रुपैयाँ मात्रै छ। सोमबार चलचित्र विकास बोर्डले सार्वजनिक पछिल्लो प्रदर्शनरत फिल्मको रिपोर्ट सार्वजनिक गरेको छ। जसअनुसार दिनेश राउत निर्देशित फिल्म ‘कुमारी’ले ६५ लाख ग्रस कलेक्सन गरेको छ। जुन अवधिभर फिल्मका २० हजार २२७ वटा टिकट बिक्री भएका छन्।

लबस्टोरी जनरामा बनेको यस फिल्ममा अभिषेक खड्का, आकृति राजभण्डारीले डेब्यु गरेका हुन्। फिल्मका कार्यकारी निर्माता केदार भुसाल र निर्माता महेन्द्र अधिकारी हुन्। यस फिल्मबाट धेरै आशा गरिएको थियो तर फिल्मले खासै व्यापार भने गर्नसकेन।त्यस्तै, ‘रमिताको पिरती’ को कुल कमाइ ३० लाख १३ हजार ८४३ रुपैयाँ रहेको छ। फागुन २३ गतेसम्म फिल्मका ९ हजार ५६४ टिकट बिक्री भएका छन्।

आना शर्माको मुख्य भूमिका रहेको फिल्म ‘रमिताको पिरती’ रोमान्टिक ड्रामाले लगातार ब्रेकअप भोगिरहेकी युवतीकै दृष्टिकोणबाट कथा भन्ने प्रयास गर्छ। यस फिल्ममा आनासँगै गायक समीर श्रेष्ठ, धीरज मगर र विनय श्रेष्ठको अभिनय छ। आना शर्मा र सन्तोष लम्साल कार्यकारी निर्माता रहेको फिल्मको कथा पनि सुदीप्ताको नै रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस