Nirvik Khabar

गगन थापालाई राजीनामा नदिएर छिटो महाधिवेशनमा जान चन्द्र भण्डारीको सुझाव

Advertisements
Single Page Long - 2

 नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले राजीनामा दिनेतिर नलागी छिटो महाधिवेशनमा जान सभापति गगन थापालाई सुझाव दिएका छन् ।उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘राजीनामा दिने होइन जिम्मेवारी पुरा गर्ने समय हो ।

समस्या देखेर भाग्ने नभएर उपचार गरेर संगठन जोगाउनु साँचो नेतृत्वको कर्तव्य भएको उल्लेख गर्दै उनी लेख्छन्, ‘अधिवेशनका लागि बनेको कांग्रेसको चुनाव नियमित थिएन । त्यसैले गगन कुमार थापा ज्यूले नैतिकताको नाममा राजीनामा दिनुभन्दा छिटो अधिवेशनमा जानु नै उपयुक्त, जिम्मेवार र समयसापेक्ष बाटो हो ।’

अहिलेको अवस्थामा कांग्रेस बचाउनु आफैंमा एक नैतिक दायित्व भएको उल्लेख गर्दै उनी थप्छन्, ‘आजको कटु यथार्थ के हो भने—युवाहरूले कांग्रेसलाई छोड्दै गएको समय हो । यस्तो बेला पार्टीलाई औषधि खुवाउनुपर्ने हुन्छ, छोडेर हिँड्न हुँदैन ।’नेपाली कांग्रेसलाई बचाउन सम्भव रहेको भन्दै उनले यसका निम्ति इच्छाशक्ति र साहस आवश्यक रहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस