Nirvik Khabar

चितवनमा प्रहरीको गाडीलाई ट्यांकरले ठक्कर दिँदा चार प्रहरी घाइते, एक जनाको अवस्था गम्भीर

Advertisements
Single Page Long - 2

चितवन । चितवनको रत्ननगर नगरपालिका–१० भानु चोकमा गएराति तेल बोकेको ट्यांकरले प्रहरीको मोबाइल गाडीलाई ठक्कर दिएको छ ।ट्यांकरको ठक्करबाट प्रहरीको गाडीमा सवार चार जना प्रहरी घाइते भएका छन् भने एक जनाको अवस्था गम्भीर रहेको छ ।

गएराति साढे १२ बजेको समयमा इलाका प्रहरी कार्यालय खैरहनीको ना १ झ १४०५ नम्बरको मोबाइल गाडी बिरगंन्जबाट काठमाण्डौजादै गरेको निर्वाचन सामग्री स्कटिङ गरी फर्किदै थियो । भरतपुरबाट टाँडीतर्फ फर्किदै गरेको प्रहरीको गाडीलाई टाँडीबाट भरतपुरतर्फ आउँदै गरेको नम्बर लु १ क ८२८५ नम्बरको ट्याङ्कटरले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

ट्यांकरको ठक्करबाट प्रहरी चौकी सम्झौटपिपरीया चितवन दरबन्दी भइ इप्रका खैरहनीमा कार्यरत ४८ वर्षीय प्रसनि राम किशोर सुडी, जिल्ला ट्राफिक प्रहरी कार्यालय इटहरी सुनसरी दरबन्दी भई महानगरीय प्रहरी वृत जनसेवा काठमाण्डौबाट थप मद्धत आइ इप्रका खैरहनीमा कार्यरत ३७ वर्षीय प्रहरी हवलदार चेतनाथ पोख्रेल, गाडी चालक वडा प्रहरी कार्यालय नारायणगढ दरबन्दी भइ इप्रका खैरहनीमा कार्यरत २९ वर्षीय प्रहरी जवान महेश घिमिरे र इप्रका चनौली चितवन दरबन्दी भइ इप्रका खैरहनीमा कार्यरत २४ वर्षीय प्रहरी जवान इश्वरी दाँनी घाइते भएका छन् ।

प्रहरी हवलदार पोख्रेलको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रवीन्द्र खनालले जानकारी दिए ।प्रहरीले ट्याङ्कर चालक सल्यान घर बताउने वर्ष २७ को रिदम घर्तीलाई नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस