Nirvik Khabar

सोनाम ल्होछारको अवसरमा मेघौली–भरतपुरका गाइडद्वारा राप्ती नदी सरसफाइ

Advertisements
Single Page Long - 2

भरतपुर । सोनाम ल्होछारको सार्वजनिक बिदाको अवसर पारेर मेघौली र भरतपुर क्षेत्रका नेचर गाइडहरूले राप्ती नदी सरसफाइ कार्यक्रम सम्पन्न गरेका छन्। मेघौली घटगाइ नेचर गाइड एसोसिएसनको आयोजनामा भएको सरसफाइमा ३७ जना गाइडहरूको सहभागिता रहेको थियो।

भरतपुर महानगरपालिका वडा नं. २८ को प्रायोजनमा तथा चितवन राष्ट्रिय निकुञ्ज मेघौली रेन्जर पोस्ट, नयाँ गोरख गण घ गुल्म, मेघौली सराई र बाराही जंगल लजको सहकार्यमा कार्यक्रम सञ्चालन गरिएको हो।

सिजी घाटदेखि गोलाघाट दोभानसम्म करिब ५ किलोमिटर क्षेत्रमा गरिएको सरसफाइबाट २२ बोरा बराबर करिब ५ क्विन्टल प्लास्टिक तथा सिसाजन्य फोहोर संकलन गरिएको आयोजकले जनाएको छ। संकलित फोहोरको उचित व्यवस्थापन गर्ने जिम्मा होटल बाराहीले लिएको छ।

कार्यक्रममा ३ वटा डुंगा र २ वटा जिप प्रयोग गरिएको थियो। साथै नयाँ गोरख गण घ गुल्मका मेजर कोकिल पर्जाको नेतृत्वमा ७ जना जवान र गेम स्काउटहरूको पनि सक्रिय सहभागिता रहेको थियो।

पर्यटनसँगै वातावरण संरक्षणमा योगदान पुर्‍याउने उद्देश्यले यस्तो सरसफाइ कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस