Skip to main content

Nirvik Khabar

भदौको लागि ८ बैंकले घटाए ब्याजदर, कसको कति?

Advertisements
Single Page Long - 2

वाणिज्य बैंकहरूले भदौको लागि ब्याजदर प्रकाशित गरेका छन्। २० वाणिज्य बैंकमध्ये आठ वटाले ब्याजदर घटाएका छन्, एउटाको बढेको छ। अन्यको भने ब्याजदर स्थिर छ।साउनको लागि व्यक्तिगत निक्षेपमा अधिकतम औसत ५.६९ प्रतिशत ब्याजदर दिएका बैंकहरूले भदौको लागि भने औसतमा ५.५८ प्रतिशत ब्याजदर दिने भएका छन्।

अहिले सबैभन्दा धेरै ब्याजदर एनआइसी एशिया बैंकमा पाइन्छ। बैंकले ६.२५ प्रतिशत ब्याजदर दिने भएको छ। सबैभन्दा कम लक्ष्मी सनराइज बैंकले दिनेछ। बैंकले अधिकतम पाँच प्रतिशत ब्याजदर दिने भएको छ।

आर्थिक वर्षको पहिलो महिना पनि बैंकहरूबाट जाने कर्जामा सुधार देखिएको छैन। बैंकहरू अझै अधिक तरलताको अवस्थामा रहेकोले लागत घटाउन बैंकहरूले निक्षेपको ब्याजदर घटाएका हुन्।बैंकहरूसँग अहिले पनि करिब १० खर्ब बराबर कर्जा लगानी योग्य पुँजी छ।बैंकहरूमा करिब ७२ खर्ब २८ अर्ब निक्षेप छ भने ५५ खर्ब ८० अर्ब रूपैयाँ कर्जा लगानी गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस