Nirvik Khabar

भरतपुर–१० का बासिन्दालाई निःशुल्क एम्बुलेन्स सेवा

Advertisements
Single Page Long - 2

चितवन । भरतपुर महानगरपालिका वडा नं–१० का बासिन्दालाई अस्पतालसम्म आउन र अस्पतालबाट घर फर्कनका लागि निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिने भएको छ । वडा कार्यालयले आफ्नो वडाभित्र रहेका पाँचवटा संस्थासँग निःशुल्क एम्बुलेन्स सेवाको सम्झौता गरेको हो ।

वडाध्यक्ष परमेश्वर खनाल र एम्बुलेन्स सञ्चालन गर्ने संस्थाहरुका प्रतिनिधिहरुले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । टेकप्रसाद अर्याल स्मृति प्रतिष्ठान, टोपनारायण ढकाल स्मृति समाज, देवीप्रसाद वस्ती स्मृति प्रतिष्ठान, सामुदायिक स्वास्थ्य एवम् अनुसन्धान केन्द्र र गुणराज पाठक स्मृति प्रतिष्ठानका प्रतिनिधिहरुले वडाका स्थायी तथा अस्थायी बासिन्दाहरुलाई आकस्मिक सेवाका लागि निःशुल्क सेवा दिनेगरी सम्झौता गरेका हुन् ।
वडावासीलाई चौबिसैघन्टा सेवा दिनेगरी यो सम्झौता गरिएका वडाध्यक्ष खनालले जानकारी दिए । आकस्मिकरूपमा अस्पतालमा लैजान साधन नपाएर उपचार नपाई मृत्युवरण गर्नु नपरोस् भनेर एम्बुलेन्स सञ्चालन गर्ने संस्थाहरुसँग सम्झौता गरिएको उनले बताए ।

चैत १९ गतेदेखि लागू भएको सो सम्झौता विसं २०८४ साल चैत ३० गतेसम्म कायम रहने उनले बताए । एम्बुलेसको प्रयोग बहिरंग सेवाका बिरामीहरुले गर्न नपाउने सम्झौतामा उल्लेख गरिएको छ ।
वडाध्यक्ष खनालले वडा कार्यालयमा आफ्नो नेतृत्व आएसँगै वडावासीका लागि जिल्लाका दुई ठूला मेडिकल कलेजसँग ५० प्रतिशत छूट, अन्य साना अस्पतालमा २० देखि ३० प्रतिशत छूट, गरिब तथा जेहेन्दार विद्यार्थीका लागि निःशुल्क शिक्षालगायतका कामहरु गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस