नवलपुर –नवलपुरको गैँडाकोटमा रहेको लुम्बीनी आईसीटि क्याम्पसले स्नातक तहमा भर्ना भएका विद्यार्थीहरुलाई उच्च शिक्षाको बारेमा अभिमुखीकरण गराएको छ ।
आज आयोजित कार्यक्रममा कलेजका प्राचार्य प्रताप कोईरालाले विद्यार्थीलाई शिक्षासँग प्रयोगात्मक र व्यवहारिक ज्ञान दिने गरेको उल्लेख गर्दै लुम्बीनी आईसीटि क्याम्पसमा शैक्षिक वातावरण राम्रो भएको दाबी सहित प्रबिधियुक्त अध्ययनका लागी कलेजमा बिद्यार्थीको आकर्षण बढेका बताउनुभयो । हरेक विधामा कलेज उत्कृष्ट भएकाले बर्सेनि नतिजा समेत राम्रो आउने गरेको बताउनुभयो ।
कलेजले बिएस सी सिएस.आइटी, बिसिए , बिएच.एम तथा बिआइएम अध्यापन गराउँदै आएको छ । कार्यक्रममा प्रमुख अतिथी समेत रहनुभएका एसोसिएट प्रोफेसर नबराज पौडेलले शिक्षामा प्रबिधिले फड्को मारेको उल्लेख गर्दै बिश्व बजारमा आइटि क्षेत्रले तिब्रता लिएको र यसमा बिद्यार्थीहरुको आकर्षण पनि बढेको बताउनुभयो । उहाँले बिद्यार्थीले आइटि तथा होटल मेनेजमेन्टको क्षेत्रमा अध्ययन गरे बिश्व बजार जहाँपनी काम गर्न सक्ने बताउनुभयो । कार्यक्रममा बिभिन्न संकायका बिषयबिज्ञहरुले कोर्षहरुको बिषयमा जानकारी दिनुभएको थियो ।
कलेज त्रिभुवन बिश्वबिद्यालयबाट सम्बन्धन प्राप्त रहेको छ । यहाँबाट हरेक बर्ष उत्कृष्ट नतिजा सहित उतिर्ण भएर जाने बिद्यार्थीहरूले विश्वमै चर्चित आइटी तथा अन्य कम्पनीहरूमा इन्टर्न तथा काम गरिरहेका छन् ।

































Discussion about this post