Skip to main content

Nirvik Khabar

पपुलर शैलुनले दिएको ४५ दिने निःशुल्क तालिम समापन

Advertisements
Single Page Long - 2

भरतपुर,असोज ११-

चितवनको भरतपुरस्थित पपुल युनिसेक्स शैलुनको ११ औं बार्षिकोत्सवको अवसरमा ३० जना युवायुवतीलाई दिइएको ४५ दिने निःशुल्क तालिम समापन भएको छ । शुक्रबार जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले तालिमको समापन गर्नुभयो ।

सो अवसरमा बोल्दै उहाँले युवाहरुलाई स्वरोजगार बनाउने उदेश्यले पपुलर शैलुनले युवाहरुलाई निःशुल्क तालिम उपलब्ध गराउनु प्रशंसनिय काम भएको बताउनुभयो । उहाँले राज्यले गर्नुपर्ने काम एक युवाले गरेको भन्दै युवा व्यवसायी सुलभ सबैका लागि प्रेरणादायि बनेको बताउनुभयो ।

युवाहरुलाई ४५ दिनको अवधिमा जेन्स तथा लेडिजको कपाल काट्ने, नुहाउने र कपाल बनाउने लगायतका सिप सिकाइएको थियो । तालिम लिएका युवाहरुले विभिन्न सरकारी विद्यालयमा गएर यो अवधिमा सयौं विद्यार्थीको निःशुल्क कपाल काटिदिएको शैलुनका संचालक सुलभ सिग्देलले जानकारी दिनुभयो । उहाँले तालिम लिएका युवाहरु आफै स्वरोजगार बन्न पसल संचालनको तयारीमा रहेको उहाँले बताउनुभयो । समापन कार्यक्रममा पत्रकार महांसघ चितवनका अध्यक्ष नारायण अधिकारी लगायतको उपस्थिति रहेको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस