भरतपुर – वैदेशिक अध्ययनका लागि परामर्श दिदै आएको सेन्ट्रल कलेज अफ भोकेशनल ट्रेनिङ्ग प्रालि आफ्नो वार्षिकोत्सव सडकनै अबरुद्ध गरेर गरेको छ । भरतपुर २ क्षेत्रपुरमा केन्द्रीय कार्यालय रहेको कलेजले सडकनै अवरुद्ध गरेर कार्यक्रम गरेको हो ।संस्थाले आज शुक्रबार बिहानैदेखि कार्यक्रम गरि भरतपुर ओरालोमा रहेको नयाँ भवन पनि उद्घाटन गर्दै छ ।
कलेजले पैसाको आडमा कानुन पनि प्रभावित पार्नेगरेको देखिएको छ । अहिले कलेजका प्रिन्सिपल यज्ञविलास पौडेललाई सम्पर्क गर्न खोज्दा फोन उठेन ।
सोही सडक हुँदै यात्रा गर्नेहरूले असहज भएको बताएपछि जिल्ला प्रशासन कार्यालय चितवनलाई खवर गएको थियो । जिल्ला प्रशासन कार्यालयले सडक अबरुद्ध हुनेगरी कार्यक्रम गर्न नहुने बताउँदै सडकबाट कार्यक्रम गर्न रोकेको प्रमुख जिल्ला अधिकार इन्द्रदेब यादबले बताए ।
पछिल्लो समय शैक्षिक परामर्शदाताको रूपमा फरक शैलीमा धन्दा चलाईरहेको भनेर सेन्ट्रल कलेजलाई आरोप लाग्ने गरेको छ । सोही कलेजलाई आन्तरिक राजश्व कार्यालय भरतपुरले करछलि गरेको आरोपमा जरिवाना समेत गराएको छ ।

































Discussion about this post