Skip to main content

Nirvik Khabar

महिला एसिया कप क्रिकेट आजदेखि, नेपाल यूएईसँग भिड्दै

Advertisements
Single Page Long - 2

काठमाडौँ । आजदेखि महिला एसिया कप क्रिकेट शुरु हुँदैछ । श्रीलंकाको डाम्बुलामा हुने महिला एसिया कपमा ८ देशले भाग लिँदैछन् । नेपालसँगै भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, यूएई, मलेसिया र थाइल्याण्डसहित आठ राष्ट्र रहेका हुन् । एसीसीले महिला प्रिमियर कप २०२४ को सेमिफाइनलमा पुग्ने नेपालसहित यूएई, मलेसिया र थाइल्याण्डले एसिया कप खेल्न लागेका हुन् ।

एसिया कपमा नेपाल समूह ए मा रहेको छ । नेपाल भारत, पाकिस्तान र यूएईसँगै समुह ए मा रहेको हो भने समूह बी मा बंगलादेश, श्रीलंका, मलेसिया र थाइल्याण्ड रहेका छन् ।

नेपालले आफ्नो पहिलो खेल एसिया कपको उद्घाटनकै दिन आज यूएईविरुद्ध खेल्दै छ । यो खेल नेपाली समय अनुसार दिउँसो २ः१५ बजेदेखि शुरु हुँदैछ । त्यस्तै आज अर्को खेल भारत र पाकिस्तानबीच बेलुकी ७ः१५ बजेदेखि शुरु हुँदैछ ।

नेपालले दोस्रो खेल आइतबार पाकिस्तानविरुद्ध र तेस्रो खेल मंगलबार भारतविरुद्ध खेल्ने तालिका रहेको छ ।पुरुष टीमले उत्कृष्ट प्रदर्शन गरिरहँदा महिला टिमलाई पनि क्षमता प्रदर्शन गर्ने राम्रो अवसर रहेको छ ।

एसिया कप खेल्ने नेपाली टिम–
इन्दू बर्मा (कप्तान), रुबिना क्षेत्री, सिता राना मगर, कविता कुँवर, सम्झना खड्का, कबिता जोशी, पुजा महतो, डोली भट्ट, बिन्दु रावल, रोमा थापा, ममता चौधरी, कृतिका मरासिनी, सबनम राई, काजल श्रेष्ठ र राजमती ऐरी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस