Skip to main content

Nirvik Khabar

बाँदरमुढे घटनाको १९ वर्ष पूरा, अझै न्याय नपाएको पीडितको गुनासो

Advertisements
Single Page Long - 2

चितवन, जेठ २३-

तत्कालिन विद्रोही माओवादीले गराएको बाँदरमुढे घटना भएको आज १९ वर्ष पूरा भएको छ । माडीबासीका लागि आजको दिन कालो दिनका रुपमा इतिहासको पानामा दर्ज भएको छ । १९ वर्षअघि भएको बाँदरमुढे बम विस्फोटको घटनाका घाइतेहरुको पीडा अहिले पनि उस्तै छ ।

घटना भएको स्थलमा आज मृतकहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मौन धारण गर्ने र दीप प्रज्वलन गर्ने कार्यक्रम राखिएको छ । घटनाका बेला माओवादीको कमाण्डर बनेका पुष्पकमल दाहाल प्रचण्ड अहिले पनि प्रधानमन्त्री भएका छन् । तर प्रचण्डले यसअघि पटक पटक गरेको वाचा पुरा नगरेको पीडितहरुको गुनासो छ ।

मानवता विरोधी घटना भएको १९ वर्ष पुगिसक्दा पनि पीडितले न्याय नपाएको बाँदरमुढे घटना पीडित लेखनाथ अधिकारी (कृष्ण) बताउँछन् । घटनालाई माओवादीले अहिले पनि राजनीतिक विषय बनाइरहेको भन्दै उनले पीडितले न्याय नपाउँदा पीडा जस्ताको त्यस्तै रहेको बताए ।तत्कालीन विद्रोही माओवादीले २३ जेठ २०६२ मा माडीको बाँदरमुढे खोलामा थापेको एम्बुसमा परी ४१ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा अधिकांश माडीका स्थायी बासिन्दा थिए । नेपाली सेनाका तीन जवानको पनि उक्त घटनामा मृत्यु भएको थियो ।

यात्रु बोकेर माडीको बगईबाट भरतपुरतर्फ आउँदै गरेको ना १ ख ३२४५ नम्बरको यात्रुबहाक बसमा माओवादीले बम विस्फोट गराउँदा घटनास्थलमा ३८ र उपचारका क्रममा तीन जनाको मृत्यु भएको थियो । सामान्य घाइते भइ घरमा उपचार गराएका घाइतेको रेकर्डबाहेक ७५ जना घाइते भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस