Skip to main content

Nirvik Khabar

आज चैतेदसैँ, गण्डकी प्रदेशमा सार्वजनिक बिदा

Advertisements
Single Page Long - 2

आज चैत्र शुक्ल अष्टमी अर्थात् चैतेदसैँ। चैतेदसैँलाई पनि नेपालमा पर्वको रुपमा मनाउने परंपरा छ।चैत्र शुक्ल पक्षलाई ‘वासन्ती नवरात्र’ पनि भनिन्छ। शारदीय नवरात्रमा जस्तै वासन्ती नवरात्रमा पनि ९ दिनसम्म देवीको उपासना गर्ने परम्परा छ।

चैतेदसैँका अवसरमा आज देवीभागवत तथा चण्डी पाठ गर्ने र शक्तिपीठमा दर्शन गर्न जाने हिन्दू धार्मिक परम्परा छ।चैतेदसैँको अवसरमा गण्डकी प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ। तर, संघीय सरकार र अन्य प्रदेशले भने आज बिदा दिएका छैनन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस