Nirvik Khabar

आफन्तको जिम्मामा घर छाडेर सुनौलो सपना बोकी इजरायल पुगेका थिए आशिष

धनगढी । कैलालीको जोशीपुर गाउँपालिका–५ मैनपोखरीका २५ वर्षीय आशिष चौधरी गत भदौ २६ गते इजरायलका लागि उडेका थिए ।सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको कृषि विज्ञान संकायबाट बीएससी एग्रीकल्चरको अध्ययन सकेर उनी इजरायल गएका थिए ।तर शनिबार इजरायलमा विद्रोही समूह हमासले गरेको आक्रमणमा उनको ज्यान गएको छ । गाउँको जुझारु युवाको ज्यान गएपछि उनको गाउँ नै यतिबेला शोकमा छ ।

अर्कोतिर, उनका बुवा बेजुलाल चौधरी र आमा मञ्जु देवी डंगौरा आशिषभन्दा अगाडि गत असारमै घरको जर्जर अवस्थालाई टार्न कामको सिलसिलामा भारतको बेंग्लोर गएका थिए ।बेजुलाल र मञ्जुका दुई सन्तानमध्ये छोरीको बिहे भइसकेको छ भने आशिष घरमा एक्लै थिए । घरलाई आफन्त र छिमेकीकै जिम्मा लगाएर सुनौलो भविष्यको सपना बुन्दै आशिष इजरायल हानिएका थिए ।

तर इजरायलमा विद्रोही समूहको आक्रमणमा परेर उनको निधन भएको छ । कृषिमा नवीनतम भविष्य देखेका आशिषको निधनले ठुलो क्षति भएको उनको सहपाठी अभिमन्यू चौधरी बताउँछन् ।उनको शवको पखाईमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुरिरहेका अभिमन्यु भन्छन्, ‘मैलै यही ठाउँसम्म आएर साथी (आशिष)लाई इजरायल जाँदा बिदाइ गरेको थिएँ । कस्तो दुर्भाग्य ! आज यही ठाउँमा त्यही साथीको शव कुरिरहेको छु ।’

शोकमा डुबेका आशिषका आफन्त र छिमेकी तथा गाउँलेहरु हाल आशिषको शव र बेंग्लोरबाट फर्किरहेका आशिषका बुबाआमालाई कुरिरहेका छन् ।बेंग्लोरबाट हिँडिसकेका उनको बुबाआमा मंगलबारसम्म गाउँमा आइपुग्ने बताइएको छ ।आशिषका नाना (आमाको बुबा) कन्हैलाल डंगौरालगायत आफन्तजन आशिषबारे अत्यारिलो खबर सुने यता विक्षिप्त बनेका छन् । यसैबिच सोमबार कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कटेल, कैलालीस्थित सुरक्षा निकायका प्रमुख, वडाध्यक्ष समेत रहेका गाउँकै अनर कुमार चौधरी आशिषका आफन्तजनलाई समवेदना दिन घर पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस