चितवन, भदौं २३-
भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले भरतपुर भ्रमण वर्ष–२०२४ को अवसरमा दियालो बंगला दरबार खुला गरिने बताएकी छन् ।
भरतपुर–६ मा रहेको दक्षिणकाली पर्यटन सहकारीको पहिलो साधारण सभा तथा अधिवेशनलाई सम्बोधन गर्दै मेयर दाहालले सकेसम्म सधैका लागि नभए भ्रमण वर्षलाई दरबार खुला गरिने उल्लेख गरिन् ।
भरतपुर–१ आँपटारीमा पर्ने दियालो बंगला दरबार नेपाल ट्रष्टको संरक्षण गर्दै आइरहेको छ । अहिले सर्वसाधरणले अवलोकन गर्न पाइँदैन । मेयर दाहालले दरबारलाई खुला गर्न कार्यपालिका बैठकबाट निर्णय गरी संस्कृति पर्यटन मन्त्रालयलाई पत्रचार गरिएको जानकारी दिइन् । यो विषयमा मन्त्रालय सकारात्मक रहेकाले नारायणहिटी संङ्ग्रहालय अवलोकनको व्यवस्थापन मिलाइने उनको भनाइ छ ।
यो ऐतिहासिक धरोहरलाई अवलोकन गर्ने धेरैले इच्छा तथा चाहाना व्यक्त गरेका छन्, यो भरतपुर आउने पर्यटकको रोजाइको केन्द्र बन्न सक्ने उनले बताइन् । यो दरबारमा राजा महेन्द्र चितवन आउने क्रममा बस्ने गरेको पाइन्छ भने राजा महेन्द्रको यही दरबारमा मृत्यु भएको थियो ।
भरतपुरको चौकी डाँडादेखि गोलाघाटसम्म मुख्य ७ र भरतपुरभर ३२ बढी पर्यटकीय गन्तव्य रहेकाले यहाँको शिक्षा, स्वास्थ्य, कृषिमार्फत् पर्यटन पनि भित्र्याउँन सकिने उनले बताइन् । भरतपुर भ्रमण वर्षलाई सफल बनाउन भरतपुरवासीको भूमिका महत्वपूर्ण रहने उनको भनाइ थियो ।
भ्रमण वर्षको तयारी अहिले धमाधम चलिरहेकाले पर्यटन पूर्वाधार पनि निर्माण भइरहेको उनले जानकारी दिइन् । भरतपुर–६ मा रहेको वन्यजन्तु आरक्षण केन्द्रलाई ओपन जु निर्माण गर्न ठेक्का सम्झौता भइसकेको समेत जानकारी दिइन् । कार्यक्रममा पर्यटन सहकारीलाई योगदान पु¥याउने व्यक्तित्वहरुलाई सम्मान पनि गरिएको थियो । अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने जनाइएको छ ।
Discussion about this post