Nirvik Khabar

चितवनको टिकौलीमा दुर्घटनाः अक्सफोर्ड कलेजका बस चालकको लाइसेन्स नभएको पुष्टि

चितवन,भदौ २१-

टिकौली जंगलमा भएको दुर्घटनामा मुख्य जिम्मेवार भनिएको अक्सफोर्ड कलेजको बसका चालकसँग बस चलाउनका लागि आवश्यक कागजपत्र (लाइसन्स) नभएको पाइएको छ । अनुसन्धानको क्रममा प्रारम्भीक अवस्थामा चालकले लाइसन्स छ भने पनि उनीसँग हल्का गाडी चलाउने लाइसन्स मात्र भएको पत्ता लागेको चितवन प्रहरी प्रवत्ता डिएसपी विजयराज पण्डितले बताए । ‘तत्कालिन समयमा वास्तविक चालक बसभित्र अन्य ठाउँमा बसेको र सहचालकले भने बस चलाएको अनुसन्धानबाट खुलेको छ, डिएसपी पण्डितले भने,‘उनीसँग ट्रयाक्टर चलाउन पाइने लाइसन्स रहेछ, तर बस चलाउने रहेनछ ।’

चालक नवलपुरको गैडाकोट नगरपालिका–९ बस्ने वर्ष २६ का आशिष परियार (भरत) रहेका छन् । प्रहरीले चालकलाई सवारी अंगभंग अन्तर्गत मुद्दा चलाएको छ । दुर्घटना पछि गरिएको मादक पदार्थ सेवन र लागू पदार्थ सेवन जाँचको क्रममा चालकले गाँजा खाएको पुष्टि भइसकेको छ । प्रहरीले पछिल्लो समयमा कुनै दुर्घटना भएमा शंका लागेको अवस्थामा मादक पदार्थ सेवन र लागू पदार्थ सेवन जाँच गराउने गरेको छ ।

गत साउन ३१ गते दिउँसो पूर्व पश्चिम सडकको टिकौली जंगलमा एउटा अक्सफोर्डको कलेज बसले शव बोकेको बलेरो र ६ वटा मोटरसाइकललाई ठक्कर दिएको थियो । भरतपुरबाट टाँडी तर्फ जाँदै गरेको ना १ क ६१३१ नम्बरको गैंडाकोटको अक्सफोड कलेजको बसले विपरीत दिशाबाट आउँदै गरेको ना २ च ८४४६ नम्बरको शव बोकेर देवघाटतर्फ जाँदै गरेको बलेरोलाई ठक्कर दिएको थियो । साथै अन्य ६ वटा दुइपाग्रे सवारीलाई पनि ठक्कर दिएको थियो ।

दुर्घटनाका घाइतेहरु सबै अस्पतालबाट डिस्चार्ज भइसकेको प्रहरीले जनाएको छ । घाइतेका आफन्तले भने काम गरी खाने उमेर समूहका मानिसहरु अंगभंग हुँदा परिवारमा ठूलो क्षति पुगेको भन्दै उपचारसँगै क्षतिपूर्तीको पनि माग गरेका छन् । दुर्घटनामा २० जना घाइते भएका थिए । घाइते सबैको कलेजले नै उपचार गर्ने भनी जिम्मा लिइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस