Nirvik Khabar

साइकल राइडर्स क्लब चितवनकाे अध्यक्षमा पदम बानियाँ निर्वाचित

received_2129529764081875

चितवन- साइकल राइडर्स क्लब चितवनकाे अध्यक्षमा पदम बहादुर बानियाँ निर्विरोध निर्वाचित हुनु भएको छ । क्लबकाे तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनले नयाँ संचालक समितिका अध्यक्षमा बानियाँलाई निर्विरोध चयन गरेकोे हो ।

बानियाँकाे अध्यक्षमा निवर्तमान अध्यक्ष नवीन खरेल सहित ११ सदस्यीय समिति चयन भएकाे छ। उपाध्यक्षमा धर्म सापकोटा, सचिव रामचन्द्र सुवेदी, सहसचिव विजय श्रेष्ठ, कोषाध्यक्ष जनक कुमार ढकाल चयन भएका छन् । यस्तै सदस्यहरुमा समर श्रेष्ठ, रसिक प्रधान, अभय तिमिल्सिना, जमुना अर्याल र जुना श्रेष्ठ चयन भएका छन् ।

तेस्रो अधिवेशनको उद्घाटन सत्रमा प्रमुख अतिथि रहनु भएको उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुन नारायण श्रेष्ठले साइकलले वातावरण र मानिसको सम्बन्धलाई दर्शाउने बताउदै मानिसलाई स्वस्थ्य बनाउनुको साथै वातावरणलाई सफा राख्न मद्दत गर्ने बताउनुभयो ।

Blue-Modern-College-Admission-Instagram-Post
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस