Nirvik Khabar

चितवनको मेघौलीमा आतंक मच्चाएको बाघलाई नियन्त्रणमा लिइयो

चितवन, असार २०-

चितवनको मेघौलीमा बस्तीमा पसेर आतंक मच्चाएको बाघलाई नियन्त्रणमा लिइएको छ। बाघले भरतपुर–२७ बुद्धनगर गाउँमा गएराति पसेर भैंसीलाई आक्रमण गरेको थियो। उक्त बाघलाई चितवन निकुञ्जका हात्तीहरूले घेरेर निकुञ्ज तथा राष्ट्रिय प्रकृति संरक्षण कोषका वन्यजन्तु प्राविधिकहरूले नियन्त्रणमा लिएका हो।

बेहोस बनाउने औषधि राखिएको सुइँलाई बन्दुकमा लोड गरेर प्रहार गरी वन्यजन्तुलाई नियन्त्रणमा लिइन्छ । घण्टौंसम्म बस्ती नजिकैको जंगलमा रुँगिराखेपछि स्थानीय बासिन्दा त्रसित भएका थिए।

नियन्त्रणमा लिइएको बाघको अवस्था हेरेर कता राख्ने भन्ने निर्णय गर्ने चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस