Nirvik Khabar

ललिता निवास जग्गा प्रकरणमा : बन्दी प्रत्यक्षीकरणको रिट ‘हेर्न नभ्याइने’ मा

काठमाडौँ- बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा पक्राउ परेकाहरुद्वारा दायर बन्दी प्रत्यक्षीकरणको रिट ‘हेर्न नभ्याइने’ मा परेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको हिरासतमा रहेका भाटभटेनी सुपर मार्केटका सञ्चालक मिनबहादुर गुरुङ र धर्मप्रसाद गौतमले दायर गरेको रिटको पेसी हेर्न नभ्याइनेमा परेको हो ।

उक्त रिटको सुनुवाइका लागि मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयालको संयुक्त इजलासमा तोकिएको थियो ।

यसअघि शुक्रबार सोही रिट निवेदनमाथि न्यायाधीश डा. कुमार चुडालको एकल इजलासमा सुनुवाइ हुँदा कारण देखाऊ आदेश जारी भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस