Nirvik Khabar

शान्ति मेड नेपाल र लिटिल फ्लावर सोसाईटीको सहयोगमा २४८ चेपांङ्ग घरधुरीलाई खाद्यान्न

असार १९, चितवन

मकवानपुर जिल्ला राक्सीराङ्गका गाउंँपालिका वडा नम्बर ७ का २४८ घरधुरीलाई खाद्यान्न वितरण गरिएको छ । आज ग्रैहसरकारी संस्था शान्ति मेड नेपालको आर्थिक सहयोग र लिटिल फ्लावर सोसाईटीको समन्वयमा खाद्यान्न तथा पोषण सामाग्री वितरण गरिएको हो ।

संस्थाको नियमित तालिका अनुसार सिमान्तकृत समुदायको दैनिक जीवन सहज होस भन्ने हेतुले खाद्यान्न तथा पोषण वितरण गरिएको सोसाईटीका निर्देशक फादर विविन सि ले जानकारी दिनुभयो ।

No description available.

उहांँका अनुसार सो वडामा रहेका हरेका घरधुरीलाईलाई एक बोरा चामल २ किलो दाल वितरण गर्नुका साथै चेपाङ्ग समुदायका बालबालिकाहरुलाई फलफूल, अण्डा, विस्कुट, चकलेट लगायतका पोषण सामाग्री वितरण गरिएको थियो । वितरण कार्यक्रममा फादर सिरिल ज्याकब, गिजो गर्ग, सिबी एम सहभागी हुनुहुन्थ्यो । यस अघि आइतबार सोसाइटी माडी बांँदरझुला २२० विपन्न तथा चेपाङ्ग समुदायलाई खाद्यान्न तथा पोषण वितरण गरेको थियो । वडा अध्यक्ष राम बहादुर प्रजाको संंयोजनमा उक्त सामाग्री वितरण गरिएको हो ।

संस्थाले कोरोनाकालमा मात्रै चितवन, नवलपरासी र मकवानपुरमा गरी एक करोड बराबरको खाद्यान्न तथा शैक्षिक सामाग्री वितरण गरेको निर्देशक विविनले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस