Nirvik Khabar

नारायणगढ–मुग्लिन सडक फेरि बन्द, सडकमा गाडीको लामो लाइन

नारायणगढ–मुग्लिन सडक पुनः बन्द भएको छ । शनिबार बेलुका तुइनखोला पुल नजिकै र नाम्सीमा पहिरो पन्छाएर सडक सुचारु गरिए पनि तुइनखोला पुल नजिकै शनिबार राति ११ बजे पुनः पहिरो झरेर सडक पुरिएको हो ।

ट्राफिक प्रहरीले पहिरो पन्छाउने तयारी भइरहेको जनाएको छ । सडक कतिबेला खुल्छ भन्ने निश्चित नभएकोले सडक खुल्ने यकिन नभई यात्रा नगर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ ।

अहिले पहिरो पञ्छाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । पहिरामा विद्युत्को तार रहेको र सो तार हटाएपछि पहिरो पन्छाउन सुरु गरिने इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिए ।

पहिरो हटाउन उपकरण तयारी अवस्था रहेको उहाँले बताउनुभयो । सोही स्थानमा गत बिहीबारदेखि पटक–पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ ।

यो सडक हुँदै दैनिक औसतमा १० हजार सवारीसाधन आउजाउ गर्ने गर्दछन् । पटक–पटक सडक बन्द हुँदा पूर्व र पश्चिम हुँदै काठमाडौं ओहोरदोहोर गर्ने यात्रु बढी मर्कामा परेका छन् । विहीबार पनि २८ घण्टा लगातार अवरुद्ध भएपछि सडक खुलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस