Nirvik Khabar

नक्कली भुटानी शरणार्थी प्रकरणमा शरणार्थीका नेता रिजाल पक्राउ

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा भुटानी शरणार्थीका नेता तथा अधिकारकर्मी टेकनाथ रिजाल पनि पक्राउ परेका छन् । बिहीबार साँझ ५ बजे उनलाई प्रहरीले काठमाडौंबाट पक्राउ परेको हो ।

रिजालाई केशव दुलाल, सानु भण्डारी लगायतले दिएको बयानका आधारमा प्रहरीले पक्राउ गरेको हो । रिजालको गिरोहसँग आर्थिक साँठगाँठ रहेका तथ्यहरु भेटिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

रिजालले नै तेस्रो देश पुनर्स्थापनामा छुटेका करिब ६ हजार ५ सय शरणार्थीको व्यवस्थापनका लागि नेपाली नेताहरुसँग पहल गरेका थिए ।

सो क्रममा उनले नेकपा एमालेका उपाध्यक्ष एवं तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादललाई गृह मन्त्रालयमै भेटेर ज्ञापन पत्रसमेत बुझाएका थिए ।

अहिलेसम्म रिजालसँगै यो प्रकरणमा १६ जना पक्राउ परिसकेका छन् । बिहीबार बिहान मात्रै हज समितिका अध्यक्ष शम्शेर मियाँ पक्राउ परेका थिए । अझै दुई जना फरार रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस