Nirvik Khabar

मेयर साहको गृहमन्त्रीलाई प्रश्न–कुन कानुनका आधारमा अवैध संरचनाको संरक्षण गर्नुहुन्छ ?

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख (मेयर) बालेन साहले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई कुन कानुन र नैतिकताका आधारमा अवैध संरचना संरक्षण गर्नुहुन्छ भनी प्रश्न गरेका छन् ।

बागमती सभ्यताविरुद्ध परेको रिटमा बुधबार उच्च अदालतले अन्तरिम आदेश नदिएपछि मेयर साहले सामाजिक सञ्जालमा आक्रोश पोखेका हुन् ।

‘यदि कुनै कानुनले कसैमाथि अन्याय गरिरहेको छ भने तत्काल कानुन परिवर्तन गर्न सार्वजनिक अपिल गरेर प्रक्रिया सुरु गर्नुहोस्, या कानुन बमोजिमको शासन व्यवस्था अँगाल्नुहोस्,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्,’ यो तर्फ कुनै पनि कदम नचाली वैधानिक रूपमा नै यति भई सक्दा पनि कुन कानुन र नैतिकताका आधारमा यस्ता अवैध संरचना संरक्षण गर्नुहुन्छ गृहमन्त्री ज्यु ? कसरी कानुन राज्यको अनुभूति दिलाउनु हुन्छ गृहमन्त्री ज्यु ?’

यसअघि २०७६ साउन २० गते सर्वोच्च अदालतले बागमती, विष्णुमती, मनोहरा लगायतका नदीहरुको जग्गा अतिक्रमण गरेर बनाइएका घरटहरा तथा संरचनाहरु भत्काएर नदीको स्वच्छता कायम गराउन तथा सार्वजनिक जग्गाको संरक्षण गर्न आदेश दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस