चितवन-राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष एवं पूर्व मन्त्री विक्रम पाण्डेले आगलागीमा परेको भरतपुर महानगरपालिका–२३, जगतपुरमा रहेको टाइगरल्याण्ड सफारी रिसोर्टको अवलोकन गर्नुभएकाे छ ।
चितवन क्षेत्र नं ३ का सांसद् समेत रहेका पूर्व मन्त्री पाण्डेले बिहीवार आगलागीमा परेको रिसोर्टको निरिक्षण गर्नुभएको हो ।निरिक्षण पश्चात् उहाँले चितवनको पर्यटन क्षेत्रमा मात्र नभइ समग्र होटल ब्यावसाय क्षेत्रमा ठुँलो क्षती पुगेको बताउदै क्षतिपूर्तिका लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।रिसोर्टको डाइनिङ हलमा बुधबार दिउँसो एक्कासि विद्युत् सर्ट भएर आगलागी भएको थियो ।
रिसोर्टका तीनवटा सेमिनार हलमा आगो लागेको थियो ।हालै रेनोभेट गरिएको कन्फ्रेन्स हल, लवी एरियासँगै डाइनिङ हल आगलागीले पूर्णरुपमा क्षति भएको रिसोर्टका महाप्रबन्धक अजितविक्रम राणाले बताउनुभयो । आगोले हलका फुसको छानो जलेर नष्ट भएका छन् ।
त्यस्तै, आगो निभाउने क्रममा दुई जना घाइतेसमेत भएका थिए ।आगलागी पछि रिसोर्टका पाहुनालाई जगतपुर लजमा सारिएको रिसोर्टका महाप्रबन्धक राणाले बताउनुभयो ।आगलागीबाट होटलको ८० प्रतिशत भागमा क्षति पुगेको छ । कन्फ्रेन्स हल, लवी एरियासँगै डाइनिङ हल आगलागीले पूर्णरुपमा क्षति भएको उहाँले बताउनुभयो ।
Discussion about this post