Nirvik Khabar

चितवन ड्राइभिङ स्कुलले गर्यो दुर्घटना न्यूनिकरणका लागि ट्राफिक सचेतना

सुरज पौडेल 

भरतपुर –  चितवन ड्राइभिङ स्कुलले ट्राफिक सचेतना तथा दुर्घटना न्यूनिकरण बिषयमा प्रशिक्षण गराएको छ । जिल्ला ट्राफिक कार्यालय चितवन संगको सहकार्यमा भरतपुरमा रहेको आफ्नै ट्रायल स्पटमा सवारी सिक्ने बिद्यार्थीहरूलाई प्रशिक्षण दिएको हो ।

कार्यक्रममा जिल्ला ट्राफिक प्रहरि कार्यलय चितवनका प्रहरि नायव निरिक्षक ज्ञान बहादुर बराकोटि र सहायक हवलदार लेखनाथ पोखरेलले प्रशिक्षण दिनुभएको थियो । पछिल्लो समय सवारी साधन चलाउनेहरूको संख्या बढ्दै गएको तर ट्राफिक नियमको बिषयमा पुर्ण ज्ञान नहुदा दुर्घटनाको जोखिम बढ्दै गएको देखिएकोले यस्ता सचेतनाका कार्यक्रमहरू सवारी साधन सिकाउने ठाँउबाट नै सुरू गर्नुपर्ने जिल्ला ट्राफिक प्रहरि कार्यलय चितवनका प्रहरि नायब निरिक्षक ज्ञान बहादुर बराकोटिले बताउनुभयो ।

चितवन ड्राईभिङ स्कुलका म्यानेजर माधब भुषालले समय समयमा यस्ता सचेतनाका कार्यक्रमहरू गर्दै जाने बताउनुभएको छ । उँहाले आफ्नो स्कुलबाट सवारी सिक्ने जो कोहीले पनि सचेतनाको कक्षा पाउने बताउनुभयो ।

बिहानी सत्रमा भएको कार्यक्रममा ३० जना प्रशिक्षार्थीहरूले ट्राफिक सचेतनाको बिषयमा जानकारी लिएका थिय । जस मध्यका एक प्रशिक्षार्थी सवि सापकोटाले सवारी साधन गुडाउन सिकाउने मात्र नभइ ट्राफिक नियम तथा सवारी साधन सञ्चालन र दुर्घटना न्युनिकरणमा चालकको भूमिकाका बिषयमा सचेतना दिनुपर्ने बताईन ।
उनले भनिन् ” म यसभन्दा अगाडि अर्को ड्राईभिङ स्कुलमा सिक्थे तर त्यँहा यस्तो सुबिधा थिएन, सिधै बाहिर बाटोमा लगेर सिकाउने गरिन्थ्यो तर नियममा त्यसरि सिकाउन नपाईने रहेछ , यँहा त स्कुल भित्र सिकाउने रहेछ खुसी छु ”

चितवन ड्राईभिङ स्कुलबाट १५ दिने कोर्स पुरा गरेर सवारि चालक अनुमति प्राप्त गर्नुभएका २ जना पेमा थिङ् र दृष्टि पाण्डेले आफ्नो अनुभव सुनाएका थिय ।

चितवन ड्राईभिङ स्कुल भरतपुर ४ पिपलचोकमा खुलेको करिब एक महिना भएको छ । यस स्कुलले छोटो अवधिमा झन्डै बाईक स्कुटर तथा गाडी गरेर १५० भन्दा धेरैलाई सुविधा प्रदान गरिसकेको छ ।

करिब पाँच करोडको लगानीमा पुर्ण मापदण्डमा रहेर सञ्चालन भएको चितवन ड्राईभिङ यातायात कार्यालयमा चितवनमामा दर्ता भएर सञ्चालन हुने मध्यको पहिलो ड्राईभिङ स्कुल हो यस ड्राईभिङ स्कुलमा ७ दिने १५ दिने तथा १ महिने ड्राईभिङ कोर्सहरू रहेका छन् संगै छोटो समय सिक्नेहरूका लागि पनि समय अनुसारको कोर्सहरू उपलब्ध गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस