गैँडाकोट – नेपाल उद्योग बाणिज्य महासंघ गण्डकी प्रदेशको आयोजनामा नवलपरासी पूर्वको गैँडाकोटमा यहि फागुन २१ गतेदेखि चैत्र १ गतेसम्म गण्डकी प्रदेश स्तरीय व्यापार महोत्सव आयोजना हुने भएको छ । आर्थिक विकासको मूल आधार, कृषि, पर्यटन उद्योग र व्यापार भन्ने मुल नाराका साथ आयोजना गर्न लागिएको महोत्सव गैँडाकोट २ स्थित नारायणी नदी किनारमा सञ्चालन हुने नेपाल उद्योग बाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष संजिव बहादुर कोइरालाले जानकारी दिनुभयो ।
एघार दिनसम्म चल्ने महोत्सवको सहआयोजकमा जिल्ला उद्योग बाणिज्य संघ नवलपुर गैँडाकोट रहेको छ । महोत्सवको प्रचारप्रसारका लागि नवलपुर र चितवनका विभिन्न स्थानहरुमा स्वागतद्धार निर्माणको काम सुरु भएको नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य तथा जिल्ला उद्योग बाणिज्य संघ, नवलपुर गैँडाकोटका अध्यक्ष अमृत भट्टचनले बताउनुभयो ।
महोत्सवमा उद्योग, व्यापार, कृषि, सूचना प्रविधि, पर्यटन, अटो, होटल, शैक्षिक संस्था, सरकारी, गैरसरकारी संघसंस्था, महिला उत्पादन तथा सेवाहरु गरी ३०० वटा स्टलहरु रहने उहाँले जानकारी दिनुभयाे । महोत्सवको विशेष आर्कषणको रुपमा विभिन्न जनजातिको स्थानीय भेषभुषामा सांस्कृतिक कार्यक्रमका साथै स्थानीय तथा राष्ट्रिय कलाकारहरुको मनोरञ्जनात्मक प्रस्तुति रहनेछन् ।
Discussion about this post