Nirvik Khabar

बागलुङमा पनि एक व्यक्तिले लगाए आफ्नै शरीरमा आगो, गम्भीर अवस्थामा उपचार हुँदै

बागलुङमा एक व्यक्तिले आत्मदाहको प्रयास गरेका छन्। बागलुङ नगरपालिका–८, सिगानाका ५२ वर्षीय शेरबहादुर जिसीले बुधबार दिउँसो आफ्नै शरीरमा आगो लगाएको जिल्ला प्रहरी कार्यालय बागलुङले जानकारी दिएको छ ।

प्रहरीका अनुसार जिसीले दिउँसो घरमा कोही नभएको बेला घरभित्रै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए । गम्भीर घाइते रहेका जिसीलाई बागलुङकै धौलागिरी अस्पतालमा ल्याएर उपचार भइरहेको छ । अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । थप उपचारका लागि पोखरा पठाउने तयारी भइरहेको छ ।

आत्मदाहको कारणबारे केही खुलेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। इलामाका प्रेम आचार्यले केही दिनअघि काठमाडौंमा आत्मदाहको प्रयास गरेपछि आफ्नै शरीरमा आगाले लगाउने प्रवृत्ति मौलाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस