Skip to main content

Nirvik Khabar

बागलुङमा पनि एक व्यक्तिले लगाए आफ्नै शरीरमा आगो, गम्भीर अवस्थामा उपचार हुँदै

Advertisements
Single Page Long - 2

बागलुङमा एक व्यक्तिले आत्मदाहको प्रयास गरेका छन्। बागलुङ नगरपालिका–८, सिगानाका ५२ वर्षीय शेरबहादुर जिसीले बुधबार दिउँसो आफ्नै शरीरमा आगो लगाएको जिल्ला प्रहरी कार्यालय बागलुङले जानकारी दिएको छ ।

प्रहरीका अनुसार जिसीले दिउँसो घरमा कोही नभएको बेला घरभित्रै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए । गम्भीर घाइते रहेका जिसीलाई बागलुङकै धौलागिरी अस्पतालमा ल्याएर उपचार भइरहेको छ । अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । थप उपचारका लागि पोखरा पठाउने तयारी भइरहेको छ ।

आत्मदाहको कारणबारे केही खुलेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। इलामाका प्रेम आचार्यले केही दिनअघि काठमाडौंमा आत्मदाहको प्रयास गरेपछि आफ्नै शरीरमा आगाले लगाउने प्रवृत्ति मौलाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस