Nirvik Khabar

गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने रास्वपाको चेतावनी

काठमाडौं,माघ १७-

राष्टिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिएका छन्।मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा सभापति लामिछानेले गृहमन्त्रालयको जिम्मेवारी नपाए सरकार छोड्ने चेतावनी दिएका हुन्।

बालुवाटार स्रोतकाअनुसार सभापति लामिछानेले आफूहरू सरकार ढाल्न सक्ने हैसियतमा रहेकाले आफ्नो भागमा परेको मन्त्रालय नदिए सरकारबाट बाहिरिने चेतावनी दिएका हुन्। प्रतिनिधिसभामा रास्वपाबाट १९ जना सांसद रहेका छन्।

‘उहाँहरूले भागबन्डाअनुसार पाएको मन्त्रालय दिनुपर्ने अडान लिनुभयो। गृह नपाए सरकारबाट बाहिरिने चेतावनी दिनुभएको छ। तर, प्रधानमन्त्रीज्यू तत्कालै दिने मनस्थितिमा हुनुहुन्न,’ बालुवाटार स्रोतले भन्यो।जवाफमा प्रधानमन्त्री प्रचण्डले भर्खरै नागरिकता लिएकाले गृहमन्त्रालयको जिम्मेवारी दिन नसकिने बताएका थिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस