चितवन, १ मंसिर
चितवन क्षेत्र नम्बर ३ का स्वतन्त्र उम्मेद्वार जगन्नाथ पौडेलले आफ्नो क्षेत्रका करिब १ लाख भन्दा धेरै मतदाता भेटेको बताएका छन् । १ लाख ४४ हजार २८३ मतदाता रहेकोे चितवन ३ मा उनले १ लाख भन्दा धेरै मतदाता संग प्रतक्ष संवाद गरेको दाबी गरे । कार्तिक १७ गतेबाट चुनाबी प्रचारप्रसार अभियान सुरु गरेका उनले मंसिर १ गते सम्म दैनिक घरदैलो गरेका थिय । उनले अन्य दलका उम्मेद्वारले जस्तो कोणसभा तथा र्यालीका कार्यक्रम नगरी सामान्य तरिकाले प्रतक्ष मतदाता भेट्का हुन् ।
चितवनको बिकासका लागी उम्मेद्वार पौडेल आफु योग्य रहेको दाबी गर्छन् । चितवन ३ मा चुनाबका लागी जे पनि गर्न सक्ने भन्दै गठबन्धनका पछाडि स्वार्थ लुकेको बताए । उनले भने ”गठबन्धन बिकासका लागी हैन,यिनहरुले स्वार्थका लागी गठबन्धन गरेर बिकास गर्न सक्दैनन्” । मंसिर ४ मा हुने निर्वाचनका लागी उम्मेद्वारहरुले गर्ने घरदैलो अभियानका क्रममा पौडेलले चितवन ३ का करिब १ लाख भन्दा बढि मतदाता संग प्रतक्ष्य भेटेको बताउनुभयो । उनले भने ”चितवन ३ का करिब १ लाख भन्दा धेरै मतदाता संग प्रतक्ष्य संवाद गर्ने अवसर पाए , उहाँहरुको बिचार,भावना,चाहना र मागहरुलाई सुन्ने प्रयत्न गरे , मेरो चुनाब पछिको मुख्य एजेण्डा भनेकै जनताको आवाज हुनेछ” ।
चितवन क्षेत्र नं.३ मा आफू योग्य उमेदवार रहेको र चितवन क्षेत्र नम्बर ३ का जनता आफ्नो साथमा रहेको बताए । उनले चितवन ३ मा बिकासका लागी मंसिर ४ गते सुर्यमुखी फूल चुनाब चिन्हमा मतदान गरेर साथ दिन अनुरोध गरे । चितवन क्षेत्र नम्बर ३ मा भरतपुर महानगरपालिकाका १९ वडा र माडी नगरपालिका पर्छन्।
Discussion about this post