भरतपुर- चितवन क्षेत्र नं.३ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार जगन्नाथ पौडेलले घरदैलोको क्रममा आम नागरिकको माया पाउँदा आफू उत्साहित भएको बताएका छन् । माडीमा भएको घरदैलोको क्रममा माडीबासी आम नागरिकको मायाले थप उत्साहित भएको बताएका हुन् । गठबन्धन बिरोधी रहेका उनले गठबन्धनले जनताको मतको ब्यापार गरेको बताउदैँ आफु गठबन्धन बिरुद्ध रहेको बताए ।
देशैभर युवा र नयाँ अनुहारको पक्षमा बहस भइरहेको बेला निरन्तर सत्यको राजनीति र समाजसेवामा तल्लिन पौडेल कानुन ब्यवसायी तथा प्रध्यापक हुन् । स्थानिय तहको निर्वाचनमा भरतपुर महानगरको मेयर पदमा नेपाली काँग्रेसबाट बिद्रोह गरेर बागी उम्मेद्वार बनेर चर्चामा आएका उनी अहिले पनि स्वतन्त्र बाट चुनावी मैदानमा छन् । उनी घर–घर पुगेर मत मागिरहेका छन् ।
स्थानीयले पनि स्वागत गर्दै जितेर गएपछि आफूहरुलाई नबिर्सिन आग्रह गरेको उनले बताए । ‘स्थानीयले भव्य स्वागत गरेर मलाई विजयको शुभकामना दिनुभएको छ,’ उनले भने, ‘जितेर गएपछि नबिर्सनुहोला भन्ने धेरैको आग्रह छ ।’ आफू निर्वाचित भएमा पाँच वर्ष पाँच मिनेट पनि विश्राम नगरी साझा प्रतिनिधिका रुपमा सेवक भएर काम गर्ने उनको संकल्प छ । अन्य दल तथा उम्मेद्वारले जस्तै चोकचोकमा कोण सभा तथा र्याली नगरी प्रतक्ष्य मतदाताहरुको घरघरमा पुगेर आश्वासन तथा भोटको अपिल गरेका छन् ।
Discussion about this post