Nirvik Khabar

प्रधानमन्त्री देउवा आज डडेल्धुरा जाँदै

sf7df8f}F, % r}t . k|wfgdGqL z]/axfb'/ b]pjf, sfe|]sf] t]dfn ufpFkflnsfdf k|zf;sLo ejg pb3f6g sfo{qmdnfO{ ;Daf]wg ub}{ . t:jL/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा निर्धारित सबै कार्यक्रमहरु रद्द गरेर आफ्नै निर्वाचन क्षेत्र डडेल्धुरामा केन्द्रित हुनुहुने भएको छ ।उहाँ आज (मंगलबार) बिहान काठमाडौंबाट डडेल्धुरा जाने र प्रचार अवधिभर उतै बस्ने कार्यक्रम तय भएको हाे। आफ्नो निर्वाचन क्षेत्रमा प्रतिष्पर्धीहरुबाट चुनौती थपिएको विश्लेषण भएपछि उहाँ आफ्नै निर्वाचन क्षेत्रमा केन्द्रित हुन अन्यत्रका सबै कार्यक्रमहरु रद्द गरिएका हुन् । प्रधानमन्त्री देउवा आगामी मंसिर १ गते साँझ मात्र काठमाडौं फर्किने कार्यक्रम रहेकाे छ ।

उहाँकाे निर्वाचन क्षेत्रबाट पूर्व सहयोगी कर्ण मल्ल नेपाली कांग्रेस विपी नामको पार्टीबाट चुनावी प्रतिष्पर्धामा हुनुहुन्छ भने स्वतन्त्र युवा उम्मेदवार सागर ढकाल पनि प्रतिष्पर्धामा हुनुहुन्छ । पछिल्लो समय ढकालको पक्षमा निर्वाचनकाे माहाेल तातिदै गएपछि प्रधानमन्त्री देउवाको टिमले खतरा महसुश गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस