चितवन – स्थानियतहको निर्वाचनमा स्वतन्त्र रुपमा उमेदवारी दिएर देशको प्रमुख राजनितिलाई नै गरमागरम बनाएका ‘भुइँकटहर’ समूहले फेरी पनि चितवन क्षेत्र नं.३ बाट उमेद्वारी दिए संगै फेरी चुनाबी रौनक यस क्षेत्रमा सुरु भएको छ । प्रचारप्रसार र घरदैलो अभियानलाई ब्यापक बनाउन सुरु गरेका उनै ‘भुइँकटहर’ भनेर चर्चा पाएका जगन्नाथ पौडेलले बिहिबार गीतानगरमा पत्रकार सम्मेलन गर्दै आफु उमेद्वार रहेर चितवन ३ मा बिकासको लहर ल्याउने संकल्पका साथ चुनाबमा होमिएको जनाएका छन् ।
पत्रकार सम्मेलनमा बोल्दै नेपाल तरुण चितवनको पुर्ब सचिब दलमा आनन्द राउतले प्रचण्ड गारखा पुग्नुमा जगन्नाथमाको मुख्य भूमिका रहेका बताए । स्थानिय तहमा ‘भुइँकटहर’ समूहले स्वतन्त्रबाट उमेद्वारी दिए पछि पाँच दलिय गठबन्धनलाई समेत हतोत्साहित गराएको र यसपटक पनि उमेद्वारी दिने चर्चा सुन्नासाथ प्रचण्ड गोरखा पुगेको उहाँको दाबी छ । उँहाका अनुसार ‘भुइँकटहर’ समूहले पाएको मत देखेर माओबादी र कांग्रेस गठबन्धन नै तर्सिएको हो ।
पद र पैसामा बिक्नेहरुले देशमा क्रान्ती ल्याउदैनन् : टेकप्रसाद बस्याल
नेपाली कांग्रेस बिपि पार्टिका जिल्ला अध्यक्ष टेकप्रसाद बस्यालले बिधि र थितीको शासनमा कहिल्यै जनताको मत संग पैसा साट्न नसकिने जिकिर गरे । जगन्नाथ पौडेल समूहलाई समर्थन गर्दै उनले पद र पैसामा बिक्नेहरुले देशमा क्रान्ती ल्याउन नसक्ने दाबी गरे । उनले बिपिको बिचार र सिद्धान्तलाई कहिल्यै अरुको पार्टिमा बिलय गराउनु भनेको बिपि वादलाई पैसा र पदमा साटिएको जस्तै हुने बताए ।
नेपाली कांग्रेसमा छौँ भन्नेहरुले बिपिको बिचार र कांग्रेसको सिद्दान्त नजान्नेहरु सच्चा कांग्रेस हुँ भन्दै हिडेको र दलिय भागबण्डामा परेर बेचिएको आरोप छ । उनले माओबादी र अन्य दललाई हिजो गाली गर्नेहरु आज त्यही दलको गुलामी बनेर भोट माग्दै हिडेको बताए । बम र बारुद संग खेल्नेहरु पैसाको खेलमा टिकट पाएकोे उनकाे दाबी छ ।
यस क्षेत्रबाट २० जना उम्मेदवारहरू चुनाबी मैदानमा छन् । चितवन क्षेत्र नम्बर ३ मा भरतपुर महानगरपालिकाका १९ वडा र माडी नगरपालिका पर्छन्। यसपाली पनि गठबन्धनका बिरूद्ध जगन्नाथ पौडेलको लडाई रहने निश्चित छ ।
Discussion about this post